‘उप–प्रध्यापक चलाउने माथिको मुद्धा सरकारले किन पटक–पटक फिर्ता लिन्छ’ : सांसद बराल
काठमाडौं । नेकपा एमालेकी सांसद सुनिता बरालले त्रिभुवन विश्वविद्यालयका उप–प्रध्यापक प्रेम चलाउने माथिको मुद्धा सरकारले पटक–पटक फिर्ता लिने निणर्य गर्नु गलत भएको बताउँनु भएको छ ।
उहाँले सोमबार प्रतिनिधि सभामा बोल्दै भाग्यले बाँचेका उप– प्रध्यापक चलाउने माथिको संवेदनशील र गम्भीर मुद्धालाई सरकारले पटक–पटक फिर्ता लिने निणर्य गर्नु सरकार माथि नै प्रश्न उठेको उहाँको भनाइ छ ।
उहाँका अनुसार २०७७ असोज २० प्रध्यापक चलाउने माथि नेविसंघका कार्यकर्ताले साङ्घातिक आक्रमण गरी त्रिवी परिसरमा नै फ्यालेका थिए । ती विद्यार्थीविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्धा परेको थियो ।
मृत्युको मुखबाट बाँचेर आएको व्यक्तिको मुद्धालाई पटक–पटक फिर्ता गर्ने निणर्य गरिन्छ भने न्याय माग्न कहाँ जाने, शुसासन खोज्न कहाँ जाने भन्दै उहाँले प्रश्न गर्नु भएको छ ।
महान्यायाधिवक्ताको कार्यलयबाट पत्र लेखिएको भन्ने कुराको सूचना आएको बताउँदै माननीय बरालले यदि यस्तो हो भने अब नेपाली जनतालाई परेको समस्यामा राज्य छैन् भन्ने कुराको सन्देश दिन खोजिएको हो । कुनै पनि पेशा व्यवसायीले आफ्नो कार्यक्षेत्रमा जानेकी नजाने ? उहाँले प्रश्न गर्नु भयो ।
बरालका अनुसार उप– प्रध्यापक चलाउनेलाई आक्रमण गर्नुको कारण सो समयमा लामो समयदेखि त्रिभुवन विश्वविद्यालय नेविसंघले बन्द गरेका थिए । सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालय खुला गर्ने आदेश दिएसँगै प्रहरीले त्रिवी खुला गरे पनि पुनः नेविसंघका विद्यार्थीले ताला लगाएका थिए । सोही विषयमा चलाउनेले त्रिवी खुलाएर अध्यापन सूचारु गराउन जोड दिएका थिए ।
टिप्पणीहरू