काठमाडौं । चितवनको शक्तिखोरमा निर्माण हुने औद्योगिक क्षेत्रको निमार्ण कार्यले गति लिन नसकेको भन्दै माननीय ज्ञानु बस्नेत सुबेदीले सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कि प्रतिनिधि सभा सदस्य ज्ञानुले  आज प्रतिनिधि सभा बैठकमा बोल्दै १ हजार ४ सय ७१ विगाह जमीनमा बन्न लागेको उक्त औधोगिक क्षेत्र जनअपेक्षा अनुरुप बन्न नसकेको बताउनु भयो ।

यो औधोगिक ग्राम निर्माण भइ सञ्चालनमा आए करिब १ लाख १० हजार जनाले प्रत्यक्ष रोजगारी पाउने र थप पाँच लाख जनाले अप्रत्यक्ष रूपमा रोजगारी पाउने उहाँले जानकारी दिनु भयो ।

३६ अर्ब लागतमा निर्माण हुन लागेको यो परियोजनाको जग्गा प्राप्ति, डिपिआर र इआईए स्वीकृत भइसकेको अवस्थामा किन परियोजना निर्माण हन नसकेको भन्दै तीब्र गतिमा यसको निर्माण गर्न सरकारलाई आग्रह गर्नु भयो ।

 



टिप्पणीहरू

सम्बन्धित समाचार