काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य आरजु राणाले प्रत्यक्ष निर्वाचनमा महिलालाई टर्च बालेर खोज्ने कि भन्दै व्यङ्ग गर्नु भएको छ । उहाँले केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा आज आयोगले ३३ प्रतिशत महिला निर्वाचनमा उठाउनै पर्छ भने पनि पार्टीहरूले सामानुपातिकमा मात्र महिला ल्याएको बताउनु भयो ।

निर्वाचनमा प्रत्यक्ष तर्फबाट महिला ल्याउने कुरामा नेपाली काग्रेस पार्टीको योजना के हो ? भन्दै प्रश्न समेत गर्नु भयो । प्रत्यक्ष तर्फको उम्मेदवार बनाउँदा ३३ प्रतिशत महिला उम्मेदवार अनिवार्य गर्नुपर्ने उहाँको भनाई थियो । ‘प्रत्यक्षमा आउँदा हामी महिला कामै लाग्दैन रे । उसो भए नबनाइदिनुस न,’ उहाँले भन्नु भयो, ‘ल हामी काम लाग्दैनम महिला त्यसो भए महिला बीच प्रतिशपर्धा गराऔँ’ ।

उहाँले सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा मन्त्रीहरुको नजिकै रहेर काम गर्ने मौका पाएकाले उहाँहरुले तयारी विना मन्त्री बन्दा सिक्दासिक्दै मन्त्रालय गइसक्ने उहाँको भनाइ थियो । ‘मन्त्रीहरुको पूर्व तयारी नै हुँदैन । सिक्दासिक्दै मन्त्रालय पनि गइसक्छ । उहाँले बुझेकै हुन्न् । सबै गइसक्छ,’ राणाले भन्नुभयो । उहाँले बैठकमा ‘हामीले हाम्रो भोट आफैं काटिरहेका छौं कसैले पनि हराउन सक्दैन,’ राणाले भन्नुभयो।

 



टिप्पणीहरू

सम्बन्धित समाचार