काठमाडौं । राष्ट्रिय सभाकी सांसद मदनकुमारी साह (गरिमा) ले सरकार तथा राष्ट्रसेवकले निष्ठापूर्वक आफ्नो कर्तव्य पूरा नगर्दा राष्ट्रिय गौरवका आयोजना समयमा निर्माण सम्पन्न हुन नसकेको बताउनु भएको छ ।

आज राष्ट्रिय सरोकार तथा समन्वय समितिले गएको तीन आर्थिक वर्षको ‘बार्षिक प्रतिवेदन कार्यान्वयन अनुगमन एवं मूल्याङकन प्रतिवेदन, २०७९’ माथिको छलफलमा माननीय शाहले उक्त कुरा बताउनु भएको हो ।

राष्ट्रिय गौरवका आयोजना पपूलर हुनका लागि मात्र घोषणा गरिएका कारण कार्यान्वयनमा ढिलाई भएको उहाँको तर्क थियो । गौरवका आयोजना अगाडि बन्दै जाने र पछाडि भत्कदै जाने प्रवृतिले यसमा गर्व गर्न नसिकिने पनि उहाँले बताउनु भयो ।

उहाँले भन्नु भयो ‘हामीले बच्चामा सुन्दै आएको तर जीवनको उत्तरार्धमा लाग्दै गर्दा पनि राष्ट्रिय गौरवका आयोजना सम्पन्न भएका छैनन् ।’ यसरी राष्ट्रिय गौरवका आयोजना पूरा नहुँदा सरकार के हेरेर बसेको छ भन्दै सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।

सेती लोकमार्ग, मध्यपहाडी लोकमार्ग, कर्णालीलाई सहज बनाउनका लागि घोषणा भएका राष्ट्रिय गौरवका आयोजना, पश्चिम कर्णाली आयोजनालगायतका अन्य आयोजनाहरूको वर्तमान अवस्था के छ ? भन्दै सरकारलाई प्रश्नसमेत गर्नु भएको थियो ।
बैठकमा बोल्दै उहाँले व्याख्यात्मक टिप्पणीका साथ सरकारले एमसीसी पारित गरेपनि त्यो व्याख्यात्मक टिप्पणीमा के भयो भनि सरकारले अहिलेसम्म सदनलाई जानकारी नगराएकोमा दुःख व्यक्त गर्नु भयो ।

उहाँले अनुदान र सहयोग लिने नाममा राज्यलाई थप भार हुनेगरी कुनै पनि अयोजना निमार्ण गर्नु नहुने पनि बताउनु भयो । त्यस्तै बैठकमा बोल्दै उहाँले राना थारू समुदायले आफ्नो छुट्टै पहिचानसहित आदिवासी जनजातिको रूपमा सूचिकृत गर्न चाहेकाले त्यसलाई रोक्नु नहुने उहाँको भनाइ थियो ।

‘कार्णाली पिछडिएको क्षेत्र विकास गुरु योजना’ तयार गर्ने भनि काम अघि बढाइएकोमा त्यसको आंशिक रूपमा मात्र काम अघि बढेको भन्दै उहाँले ती योजना समयमा पूरा गर्न सरकारलाई आग्रह गर्नु भयो ।

 



टिप्पणीहरू

सम्बन्धित समाचार