‘यो इतिहासकै एउटा जिम्मेवारी हो’ : आरजु राणा
काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री आरजु राणाले सोमबार दिउँसो पदभार ग्रहण गर्नु भएको छ । पदभार ग्रहण गर्दै उहाँले परराष्ट्र सम्बन्धलाई सबै मिलेर सुदृढ गर्दै लैजानुपर्ने बताउनु भएको छ । नेपाल सानो राष्ट्र भएपनि कसैको पराधिन भएर नबस्ने उहाँको भनाइ छ । उहाँले आफूले पाएको जिम्वेवारी इतिहासमै एउटा जिम्वेवारी भएको समेत बताउनु भएको छ ।
‘यो इतिहासकै एउटा जिम्मेवारी हो। हाम्रो सानो भूपरिवेष्ठित राष्ट्र हो। हामी एकदम ठूलो देशहरुको बीचमा छौँ। हाम्रो पूर्वजहरुले हाम्रो देशलाई अहिलेसम्म बचाएर ल्याएको, हाम्रो एउटा पराधिन हुन नपरेको इतिहास छ।
यो इतिहास हामीले अब आउने पिढीँका लागि कायम राख्नुपर्छ। यो काम सबैभन्दा धेरै नेतृत्व गरेर लैजाने परराष्ट्र मन्त्रालय नै हो,’ उहाँले भन्नु भयो ।, ‘यो ठूलो सेना भएको देश पनि होइन, हामी पञ्चशीलमा विश्वास गर्ने देश हौं।’
हामी सबै मिलेर अन्तर्राष्ट्रिय सम्बन्धलाई बिस्तार गरेर लैजानुपर्ने उहाँको भनाइ छ ।
‘देशको समृद्धिमा पनि परराष्ट्र मन्त्रालयले धेरै ठूलो भूमिका खेल्न सक्छ। विभिन्न देशसँग पनि हामीले दौंत्य सम्बन्ध राखेका छौँ। यसलाई अझ प्रभावकारी बनाउनु पर्नेछ,’ उहाँको भनाइ छ ।
टिप्पणीहरू