काठमाडौं । आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै माननीय विद्या भट्टराईले सेती नदीमा तारबार लगाएर मानिसको ज्यान बचाउन आग्रह गर्नु भएको छ ।

बैशाख २ गते पोखरा महानगरपालिकाकी बालिका स्मृति पराजुली खेलीरहेको अवस्थामा सेती नदीको खोँचमा परेर ज्यान गुमाएपछि सांसद भट्टराईले नागरिकको ज्यान बचाउँन सरकारलाई आग्रह गर्नु भएको हो ।

सेती नदीको संरक्षण गर्न ढिलाइ भएको भन्दै उहाँले सरकारको ध्यानार्कषण गराउनु भएको छ । सेती नदीको जोखिम क्षेत्रलाई संरक्षण गर्न संसदमा पटक–पटक आवाज उठेपनि यसको सुनुवाई नभएको उहाँको गुनासो थियो ।

‘पोखराका भूगर्भविदहरूले सेती नदीले भविष्यमा जुनसुकै खालका जोखिम उत्पन्न गराउन सक्ने भएकाले यसको संरक्षण यथाशीघ्र गर्न सरकारलाई बारम्बार ध्यानार्कषण गराएपनि सरकारले कुनै पनि पहल गरेको छैन्,’ उहाँले भन्नु भयो ।

बैठकमा बोल्दै माननीय भट्टराईले भन्नुभयो ‘घटना घटेको केहीदिन सरकार संवेदनशील बनेपनि घटना पुरनो हुनसाथ बिर्सदै जाने बानीले नागरिको जीवनमा क्षति पुगेको छ ।’ साथै, विज्ञहरूले दिनु भएको सुझाव अनुसार सेती नदी वरिपरी सुख्खा पहिरो रोक्ने ड्यामबनाउन समेत सरकारलाई आग्रह गर्नु भयो ।

 



टिप्पणीहरू

सम्बन्धित समाचार