काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले आर्थिक वर्ष २०८०/८१ को बजेट विनियोजन गर्दा कर्मकाण्डी मात्र हुने नभएर संसदमा उठेका सुझावलाई पनि समावेश गरिनु पर्ने बताउनु भएको छ ।

‘बजारमा बजेट संकुचित हुने हल्ला छ । यदि यो साचो हो भने यो संकुचनले स्वास्थ, शिक्षा, कृषि प्रभावित हुन्छन् कि हुँदैनन् ?’ यसको जवाफ सरकारले दिनु पर्ने उहाँको आशय छ । यदि यी क्षेत्र प्रभावित भएको खण्डमा निशुल्क स्वास्थ, शिक्षा तथा मल अनुदानमा बजेट कटौति गर्न नमिल्ने उहाँको भनाइ छ ।

विगतका दिनमा धेरै कार्यक्रममा बजेट दोहोरिने गरेकाले यसो हुन नदिन सरकारको ध्यानकर्षण गर्नु भएको छ ।
साच्चै आर्थिक संकट भएको हो भने सामान्य र चालु खर्च कटौतीका लागि सरकारले के के अपनाइएको छ भन्दै यसमा राष्ट्रिय सेवकहरुको पारिश्रमिक सुनिश्चत हुनुपर्नेमा उहाँले जोड दिनु भयो । उहाँले सदनमा बोल्दै बरू जनप्रतिनिधिहरुको सेवा सुविधा काट्न आवश्यक रहेको बताउनु भयो ।

आम सरकोकारका विषयमा छुट्याएका बजेट कुनै हालतमा काट्नु हुँदैन् भन्दै उहाँले २० वर्ष अघि नेपालमा एक सय ६ वटा आयुर्वेद औषधी उत्पादन हुने गरेकोमा अहिले पाँच÷छ वटा मात्र उत्पादन कम्पनी भएकोमा दुःख व्यक्त गर्नु भयो ।

‘विश्व स्वास्थ संघठनका अनुसार विकाशिल मुलुकले आफ्नो कूल बजेटको १० प्रतिशत बजेट स्वास्थ क्षेत्रमा छुट्याउनु पर्छ । तर, नेपालमा पाँच प्रतिशतमात्र स्वास्थ क्षेत्रमा छुट्याइन्छ । यसवर्ष त अझ स्वास्थ क्षेत्रमा विनियोजन गरेको बजेटमा ४० प्रतिशत घटाइदैछ रे । यो साचो हो ?’ उहाँले प्रश्न गर्नु भएको छ ।

सरकारी अस्पतालमा विरामीको चाँप धान्न सकिने अवस्थामा छैन । नेपालमा ३२ हजार चिकित्सक दर्ता भएपनि सरकारसँग जम्मा १२ सय मात्र डाक्टर छन् । गाउँगाउँमा डाक्टर छैन् भनिन्छ तर, गाउँगाउँमा डाक्टर पु¥याउन खै योजना ?

राज्य संयन्त्र वितरणमुखि मात्र भएको तर परिणाम मुखी नभएको उहाँको तर्क छ । स्वास्थ क्षेत्रमा बजेटको ७० प्रतिशत खर्च हुन्छ त्यो पनि अन्तिम समयमा भत्ता मुखी कार्यक्रममा खर्च हुने गरेको छ ।

 



टिप्पणीहरू

सम्बन्धित समाचार