नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनितादेवी साहद्धारा पदभार ग्रहण
काठमाडौं । नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनितादेवी साहले पदभार ग्रहण गर्नु भएको छ ।
सोमबार मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच मन्त्री साहले पदभार ग्रहण गर्नु भएको हो । साह जनमत पार्टीकी सांसद हुनुहुन्छ।
उहाँलाई निवर्तमान सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले पनि स्वागत गर्नु भएको थियो । साहलाई मन्त्री बनाउन माओवादीले आइतबार मन्त्री मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। यसअघि साहले आजै राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथ लिनु भएको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसअघि आफ्नो पार्टीबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रहेका अमनलाल मोदीलाई हटाएर जनमत पार्टीलाई सरकारमा समेट्नु भएको हो ।
टिप्पणीहरू